सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा यातायात र मालपोतबाट पक्राउ परेका १२ जनाको पहिचान खुल्यो

एआइ प्रविधिबाट निर्मित तस्विर
एआइ प्रविधिबाट निर्मित तस्विर
२०८२ चैत्र २०, ११:१७ नारायण अवस्थी

धनगढीः कैलाली प्रहरीले सेवाग्राहीलाई अनावश्यक दुःख दिने बिचौलियामाथि कारबाही गर्दै धनगढीबाट १२ जनालाई पक्राउ गरेको छ। बिहीबार  धनगढी उपमहानगरपालिका–५ स्थित यातायात कार्यालय परिसरबाट ६ जना र मालपोत कार्यालय परिसरबाट थप ६ जनालाई नियन्त्रणमा लिइएको हो।

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बलराम पाण्डेय तथा प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

यातायात कार्यालय क्षेत्रबाट पक्राउ पर्नेहरूमा पार्वती जोशी (२२), सिता राना (२५), दिनेश राना (२८), राम नारायण चौधरी (४२), जगत थापा (३८) र रामेश्वर चौधरी (३८) रहेका छन्।

त्यसैगरी, मालपोत कार्यालय क्षेत्रबाट लाइसेन्सबिना सेवाग्राहीलाई हैरानी दिएको आरोपमा सुदान्शु चौधरी (२७), रविन्द्र कुमार देउवा (३५), उर्मिला राना (२५), शान्ती मल्ल (३५), युवराज खतिवडा (४२) र आशिष चौधरी (२६) पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखी थप अनुसन्धान भइरहेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस