सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट ६ जना पक्राउ जुवाडे पक्राउ

२०८२ चैत्र २१, ०७:५४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट ६ जना पक्राउ जुवाडे पक्राउ परेका छन्।

पाल्पा जिल्लाको तनहुँ गाउँपालिका घर भई हाल धनगढी उपमहानगरपालिका-४ स्थित डेरा गरी बस्ने टेक कुमारी गाहामगरको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा निज टेक कुमारी गाहामगरसहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनले कोठामा जुवातास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार १४० र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

कमेन्ट लोड गर्नुस