सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा सर्वसम्मत

२०८२ चैत्र २२, १२:१७ खबर संवाददाता

काठमाडौं: प्रतिनिधि सभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल निर्वाचित भएका छन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा जेष्ठ सदस्य अर्जुन नरसिंह केसी ले अर्याल सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन्।

अर्याल यसअघि नै शुक्रबार सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका थिए। उनको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछाने प्रस्तावक रहेका थिए। प्रस्ताव पेश गर्दै लामिछानेले अन्य राजनीतिक दलहरूले देखाएको सहमति र समर्थनप्रति धन्यवाद व्यक्त गरेका थिए।

अर्यालको उम्मेदवारीमा सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका थिए।

यसैबीच, उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले ले अर्याललाई शुभकामना दिँदै उनी कार्यपालिका र व्यवस्थापिकाको भूमिकामा अनुभवी रहेको विश्वास व्यक्त गरे। उनले अर्यालको समन्वयकारी र शालीन नेतृत्व शैलीले संसदलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।

‘उहाँमा शालीन र समन्वयकारी नेतृत्व क्षमता छ, जसले आगामी संसदलाई लाभान्वित बनाउनेछ,’ वाग्लेले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस