दार्चुलाका तीन जना ब्राउन सुगरसहित कैलालीबाट पक्राउ
धनगढीः दार्चुलाका तीन जना ब्राउन सुगरसहित कैलालीबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दार्चुलाको नौगाड गाउँपालिका–५ बस्ने १८ वर्षीय बसन्त सिंह ठगुन्ना, नौगाड गाउँपालिका–३ बस्ने २३ वर्षीय हरि सिंह ठगुन्ना र नौगाड गाउँपालिका–४ बस्ने २५ वर्षीय नरेन्द्र सिंह ठगुन्ना रहेका छन्। तीनै जनालाई कैलालीको धनगढी उपमहानगरपालिका–४ बाट अवैध लागूऔषध ब्राउन सुगर ४ ग्राम १६० मिलिग्रामसहित सोमवार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र लागु औषध नियन्त्रण व्यूरो कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ।
यसैगरी धनगढी उपमहागरपालिका–२ बैयाबेहडी मार्गबाट ब्राउनसुगर २३० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–८ बस्ने २५ वर्षीय रघुबिर धामीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। धामीलाइ लागुऔषध नियन्त्रण व्यूरो कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो।