सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका सीमानाकाबाट डिजेल तस्करी, १ सय लिटर बरामद

२०८२ चैत्र २९, ०८:५५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको बेलौरीबाट प्रहरीले भारतबाट अवैध रूपमा तस्करी गरी ल्याइएको १०० लिटर डिजेल बरामद गरेको छ।

शनिवार इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–१ स्थित फटिया सीमा क्षेत्रबाट प्रहरीले अवैध रूपमा तस्करी गरी ल्याइएको १०० लिटर डिजेल बरामद गरेको हो। बेलौरी प्रहरीका अनुसार ५०–५० लिटर क्षमताका दुई वटा जर्किनमा भरिएको उक्त डिजेल बेवारिसे अवस्थामा फेला परिएको थियो।

बरामद गरिएको डिजेललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा पठाएको प्रहरीले जनाएको छ। नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि सीमावर्तीबाट पछिल्लो समय इन्धन लगायतका अन्य दैनिक उपभोग्य वस्तुहरूको तस्करी बढ्दै गएको छ।

कमेन्ट लोड गर्नुस