सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘धनगढी दौडीन्छ’ हाफ म्याराथन बैशाख १८ मा हुने

२०८३ वैशाख २, ०१:१७ खबर संवाददाता

धनगढीः धनगढी जेसिजद्वारा हरेक वर्ष आयोजना गरिँदै आएको ‘धनगढी दौडीन्छ’ कार्यक्रमको मिति यस वर्ष परिवर्तन गरिएको छ। परम्पराअनुसार बैशाख १ गते हुने हाफ म्याराथन अब बैशाख १८ गते आयोजना गरिने भएको छ।

आइतबार जेसिजका अध्यक्ष महेश्वर ओझाको अध्यक्षतामा बसेको बैठकले तयारीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन मिति सार्ने निर्णय गरेको हो। कार्यक्रममा ‘धनगढी दौडीन्छ’ भन्ने मूल नारासहित हाफ म्याराथन सञ्चालन गरिनेछ।

कार्यक्रमको मुख्य संयोजकको जिम्मेवारी दिपेश बोहरालाई दिइएको छ। आयोजकका अनुसार यस कार्यक्रमले स्वास्थ्यप्रति सचेतना बढाउने र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
 

कमेन्ट लोड गर्नुस