मोहना छठी घाटमा उल्लास (तस्बिरहरु)
धनगढीः छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।
कैलालीको धनगढीस्थित मोहना नदी किनारमा पनि छठ पर्वको उल्लास छ। छठ पूजालाई लक्षित गर्दै घाट क्षेत्र सजाइएको छ।
छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलका अनुासार यसवर्ष छठ पूजाका अवसरमा स्थानीय कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुति पनि राखिएको छ।