कञ्चनपुरमा साउन महिनामा ६१ सवारी दुर्घटना, ४ जनाको मृत्यु
महेंद्रनगर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ले सार्वजनिक गरेको विवरणअनुसार साउन महिनामा जिल्लाभर ६१ वटा सवारी दुर्घटना भएका छन्।
प्रहरीका अनुसार ती दुर्घटनामा ४ जनाले ज्यान गुमाएका छन् भने १९० जना घाइते भएका छन्। दुर्घटनामा संलग्न ५८ वटा सवारी साधन रहेको तथ्यांकमा उल्लेख गरिएको छ।
त्यस्तै, दुर्घटना नियन्त्रण तथा कारबाहीका क्रममा प्रहरीले ३२ वटा सवारीमाथि कारबाही गरेको जनाएको छ।
प्रहरीले सडक सुरक्षा नियम पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र सवारी चालक तथा यात्रुहरूलाई सचेत रहन आग्रह गरेको छ।