कैलालीमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
कैलाली: लागूऔषध मुद्दामा अदालतबाट सजाय तोकिएका एक फरार प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत कैलालीको मिति २०८१ असोज १३ गतेको फैसलाले खैरो हेरोइन सम्बन्धी मुद्दामा ४ महिना कैद सजाय तोकिएका टिकापुर नगरपालिका–८ बस्ने २२ वर्षीय अमन चौधरीलाई बिहीबार पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।