सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मानव बेचबिखन मुद्दाकी फरार प्रतिवादी पक्राउ

२०८३ वैशाख ४, १२:१९ खबर संवाददाता

डोटी: मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट सजाय तोकिएकी एक फरार प्रतिवादीलाई डोटी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत डोटीको मिति २०६८ चैत २४ गतेको फैसलाले ३ महिना कैद सजाय तोकिएकी दिपायल सिलगढी नगरपालिका–३ बस्ने ३६ वर्षीया फुलमाया सोपलाई बिहीबार पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकी सोपलाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।

कमेन्ट लोड गर्नुस