सुदूर नेपाललाई विश्वसँग जोड्दै

भरुवा बन्दुकको छर्राले घाइते वडा सदस्य ऐरीको निधन

सूर्नया गाउँपालिका–२ का वडा सदस्य स्व. दानबहादुर ऐरी।
सूर्नया गाउँपालिका–२ का वडा सदस्य स्व. दानबहादुर ऐरी।
२०८३ वैशाख १२, ०३:०० खबर संवाददाता

बैतडीः भरुवा बन्दुक पड्किँदा घाइते भएका सूर्नया गाउँपालिका–२ का वडा सदस्य दानबहादुर ऐरीको उपचारका क्रममा निधन भएको छ।

बुधबार आफ्नै भरुवा बन्दुकको छर्रा घाँटीमा लागेर गम्भीर घाइते भएका ४५ वर्षीय ऐरीलाई जिल्ला अस्पताल बैतडीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको थियो।

अस्पतालमा चिकित्सकहरूले उपचार सम्भव नभएको बताएपछि उनलाई घर फर्काउने क्रममा शुक्रबार बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट वडा सदस्यमा निर्वाचित ऐरीको असामयिक निधनप्रति गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीयवासीले गहिरो दुःख व्यक्त गरेका छन्। 

कमेन्ट लोड गर्नुस