सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयोजक श्री युवा जनहित क्लब भजहर कप फुटबलको फाइनलमा प्रवेश

२०८३ वैशाख २४, ०२:४८ खबर संवाददाता

धनगढी: कैलालीको कैलारी गाउँपालिकामा जारी ‘छैटौँ निसर्ग हस्पिटल बर्का भजहर कप फुटबल प्रतियोगिता’ को फाइनलमा आयोजक श्री युवा जनहित क्लबले स्थान बनाएको छ।

प्रतियोगिता वैशाख १७ गतेदेखि आयोजना भइरहेको छ। दोस्रो सेमिफाइनलमा श्री युवा जनहित क्लबले भजनीको न्यु काली शक्ती युवा क्लबलाई टाइब्रेकरमा ३–१ ले हराउँदै फाइनल यात्रा तय गरेको हो। निर्धारित समयको खेलमा दुबै टोलीले पाँच–पाँच गोलको बराबरी खेलेका थिए। अब आयोजक क्लब फाइनलमा बर्दियाको नेम्स क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, धनगढी रहेको छ भने कैलारी गाउँपालिका मुख्य प्रवर्द्धकका रूपमा रहेको छ। विभिन्न संघसंस्था र निजी व्यावसायिक फर्महरूले समेत प्रायोजन र प्रवर्द्धनमा सहयोग गरेका छन्।

भजहर पर्वको अवसरमा हरेक वर्ष आयोजना हुने प्रतियोगिताले थारु समुदायको लोप हुँदै गएको मौलिक लोक पर्व र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। प्रतियोगितासँगै थारु समुदायका परम्परागत खेलहरू पनि सञ्चालन गरिएको छ।

कमेन्ट लोड गर्नुस