सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालयले मनायो २५औँ स्थापना दिवस

२०८३ वैशाख २४, ०८:३५ खबर संवाददाता

धनगढीः सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालय कैलालीले २५औँ स्थापना दिवस (रजत महोत्सव) विभिन्न कार्यक्रमसहित मनाएको छ।

गौरीगंगा नगरपालिका–६ बनबेहडास्थित शिक्षालयमा बिहीबार आयोजित समारोहमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम थापा प्रमुख अतिथि रहेका थिए। कार्यक्रम शिक्षालय प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुर्यबहादुर सेन ओलीको अध्यक्षतामा सम्पन्न भएको हो।

स्थापना दिवसको अवसरमा वर्षभर उत्कृष्ट कार्य गर्ने विभिन्न दर्जाका सशस्त्र प्रहरी अधिकृत तथा कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको शिक्षालयले जनाएको छ। पुरस्कृत हुनेमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बिरबहादुर धामी, प्रहरी निरीक्षक चन्द्रदेव भट्ट लगायत रहेका छन्।

यस्तै, सशस्त्र प्रहरी नायब निरीक्षक (सई) शंकर सिंह विष्ट, हरिषराज भट्ट र केशवदत्त भट्ट, सहाय निरीक्षक (असई) रामसिंह नाथ, वरिष्ठ हवलदार मोहन नाथ, गोविन्दराज भट्ट, मदनराज भट्ट, हरिसिंह बगाल, मनबहादुर चौधरी, हरीबहादुर सार्की, पुष्कल बहादुर ठकुल्ला र लालबहादुर बोहरालाई पनि पुरस्कृत गरिएको छ।

हवलदारतर्फ लालबहादुर रावत, श्याम नाथ, केशवबहादुर बलायर, दिनेशबहादुर चन्द र नरेश अर्याल सम्मानित भएका छन् भने सहायक हवलदार उदयराम बुढा, भानुभक्त थापामगर र सुशीला चौधरी पनि पुरस्कृत भएका छन्।

सशस्त्र प्रहरी जवान लक्ष्मणसिंह धामी, महेश सिंह धामी, जनकराज जोशी, बालकृष्ण साउद, भिमबहादुर सिंह र देवबहादुर विष्टलाई समेत पुरस्कारसहित सम्मान गरिएको थियो। पुरस्कार शिक्षालय प्रमुख एसएसपी ओलीले वितरण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै एसएसपी ओलीले संगठनलाई मजबुत बनाउने आधार जवानहरू नै भएको बताए। “जसरी घरको जग बलियो भए मात्रै ठूलो संरचना निर्माण सम्भव हुन्छ, त्यसैगरी संगठनलाई उचाइमा पुर्‍याउने मुख्य आधार जवानहरू हुन्,” उनले भने।

प्रमुख अतिथि डीआईजी पुरुषोत्तम थापाले बदलिँदो सुरक्षा चुनौतीसँग जुध्न सशस्त्र प्रहरी बल थप सशक्त रूपमा अघि बढिरहेको बताए। उनले शान्ति सुरक्षा कायम राख्न तालिम र दक्ष जनशक्तिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

गौरवपूर्ण इतिहास
तत्कालीन विषम सुरक्षा परिस्थितिमा शान्ति सुरक्षा कायम गर्दै नागरिकको जीउधन, स्वतन्त्रता तथा राष्ट्रिय सुरक्षाको संरक्षण गर्ने उद्देश्यले विसं २०५७ माघ ९ गते सशस्त्र प्रहरी बल नेपालको स्थापना गरिएको थियो।

त्यसको एक वर्षपछि विसं २०५८ वैशाख २४ गते सुदूरपश्चिम प्रदेशमा जवान तालिम, विपद् व्यवस्थापन, गोताखोर तथा दंगा नियन्त्रणसम्बन्धी विशेष तालिम सञ्चालन गर्ने उद्देश्यले बडिमालिका गण स्थापना गरिएको थियो।

समयक्रमसँगै उक्त गण अहिले ‘बडिमालिका जवान तालिम शिक्षालय’का रूपमा विकसित भई सशस्त्र प्रहरी बलका जवान उत्पादन गर्ने महत्वपूर्ण प्रशिक्षण केन्द्र बनेको छ। शिक्षालयले स्थापना कालदेखि हालसम्म ३ हजार २ सय २ जना सशस्त्र प्रहरी कर्मचारीलाई विभिन्न प्रकारका तालिम प्रदान गरिसकेको जनाएको छ। हाल सञ्चालनमा रहेको आधारभूत तालिममा मात्रै ३ सय ३३ जना प्रशिक्षार्थी सहभागी रहेका छन्।

कमेन्ट लोड गर्नुस