कञ्चनपुरमा ५.४ ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ
कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिका–०१ चम्पापुरबाट प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, अस्थायी प्रहरी बीट चम्पुरबाट खटिएको टोलीले शंकास्पद अवस्थामा फेला परेका निरज शाह र नबिन पनेरु लाई चेकजाँच गर्दा उनीहरूको साथबाट ५ ग्राम ४०० मिलीग्राम खैरो हिरोइन (ब्राउन सुगर) बरामद भएको हो।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। जिल्लामा लागू औषध नियन्त्रणका लागि प्रहरी सक्रियता बढाएको छ। प्रहरीले नागरिकलाई “लागू औषधको दुर्व्यसनबाट आफु पनि जोगिऔँ, अरुलाई पनि जोगाऔँ” भन्ने संदेशसहित जनचेतना फैलाउँदै कारबाहीलाई तीव्रता दिँदै आएको जनाएको छ।