भन्सार छलिका सामान धनगढीबाट बरामद
कैलाली: कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।
बुधबार प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा रहेका अन्दाजी २६ हजार ५०० रुपैयाँ बराबरका सुर्ती, प्लास्टिक झिल्ली लगायतका सामान फेला पारेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।