सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सुकुम्बासीको प्रदर्शन, लालपुर्जा र विकल्पको माग

२०८३ वैशाख ३१, ०२:३६ खबर संवाददाता

कञ्चनपुर: सरकारले अध्ययनबिनै सुकुम्बासी बस्ती खाली गराउन खोजेको भन्दै भूमिहीन तथा सुकुम्बासीहरूले कञ्चनपुरको महेन्द्रनगरमा प्रदर्शन गरेका छन्।

बिहीबार उनीहरूले महेन्द्रनगर बजार परिक्रमा गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले “जमिन कसको? जोत्नेको”, “भूमि समस्या समाधान गर”, “सुकुम्बासीलाई लालपुर्जा दे”, “दमन बन्द गर”, “डोजर हामीलाई चाहिँदैन” लगायतका नारा लगाएका थिए।

आनन्द धामी ले सुकुम्बासी बस्तीमा सरकारी प्रतिनिधि र प्रहरीले पटक–पटक सोधपुछ गरी हैरानी दिएको भन्दै समुदाय त्रसित बनेको बताउनुभयो। उहाँका अनुसार देशव्यापी कार्यक्रमअन्तर्गत महेन्द्रनगरमा पनि प्रदर्शन गरिएको हो।

महेन्द्रनगरको सालघारी क्षेत्रमा करिब ६ सय भूमिहीन सुकुम्बासी बसोबास गर्दै आएको र हाल बस्ती खाली गराउने सूचनापछि उनीहरू आन्दोलनमा उत्रिएको बताइएको छ।

ग्रिन टोलका उपाध्यक्ष मोतीलाल ओडाउले उचित व्यवस्थापन बिना बस्ती हटाइए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। प्रदर्शनकारीहरूले बस्ती व्यवस्थापन, लालपुर्जा वितरण र विकल्पसहितको स्थान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

कमेन्ट लोड गर्नुस