सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बसको ढोकाबाट लडेर एक वृद्धको मृत्यु

२०८३ मंसिर ७, ०७:०९ खबर संवाददाता

बैतडीः बैतडीमा बसको ढोकाबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

जिल्लाको पाटन नगरपलिका–६ मेलतडा स्थित मेलौलीबाट महेन्द्रनगर तर्फ आउँदै गरेको म १ ख ९१९ नम्वरको बसको ढोकाबाट झर्ने क्रममा लडेर सोही ठाउँ बस्ने ७० वर्षीय नारायण चन्द गम्भिर घाईते भएका थिए।

उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन हुँदै जिल्ला अस्पताल बैतडी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा आइतबार दिउँसो मृत घोषणा गरेको प्रहरीले जनाएको छ। बस र बस चालक बैतडी मेलौली नगरपलिका–९ रोगटा बस्ने ४८ वर्षीय अशोक चन्दलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस