सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्येष्ठ नागरिकलाई झुल वितरण

२०८३ जेठ २, १२:०४ रासस

टीकापुर: टीकापुर नगरपालिकाले एक नम्बर वडाका १५० जना ज्येष्ठ नागरिकलाई झुल वितरण गरेको छ। 

वडा कार्यालयले उनीहरुको स्वास्थ्यलाई दृष्टिगत गरी झुल वितरण गरिएको वडाध्यक्ष मोहन विकले बताए। आफ्नो वडामा दुई हजार बढी ज्येष्ठ नागरिक रहेका तर यस वर्ष ७३ वर्षमाथिकालाई मात्र झुल प्रदान गरिएको जानकारी दिए। 

चालु आर्थिक वर्षको रु एक लाख बजेटबाट ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप झुल प्रदान गरिएको हो। 

कमेन्ट लोड गर्नुस