सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा २ लाख बढीका भन्सार छलिका सामान नियन्त्रणमा

२०८३ जेठ ३, १०:१५ खबर संवाददाता

धनगढी: कैलालीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका दुई लाखभन्दा बढी मूल्यका सामान नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–२ त्रिनगर, वडा नम्बर १९ नर्सरीघाट तथा भजनी नगरपालिका–५ पगियापसार घाट क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी २ लाख ८ हजार ४ सय १० रुपैयाँ बराबरका सामान बरामद गरिएको हो ।

बरामद सामानमा सुटपिस, अचार, कपी, सुर्ती, बिडी, गुट्खा, चकलेट तथा बोइलर कुखुरा लगायत रहेका छन् ।

शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।

कमेन्ट लोड गर्नुस