सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहुविवाह मुद्दाकी फरार प्रतिवादी कञ्चनपुरबाट पक्राउ

२०८३ जेठ ३, ११:३८ रासस

कञ्चनपुर: बहुविवाह मुद्दामा अदालतबाट सजाय तोकिएकी एक महिलालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–११ बागफाटा निवासी २६ वर्षीया निर्मला रतुकीलाई शनिबार साँझ भीमदत्त नगरपालिका–२ भाँसी क्षेत्रबाट पक्राउ गरेको हो।

सम्मानित उच्च अदालत दिपायलको मिति २०८२ पुस २ गतेको फैसलाले रतुकीलाई बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय तथा १० हजार रुपैयाँ जरिवाना तोकेको थियो। फैसला कार्यान्वयनको सिलसिलामा फरार रहेकी उनलाई खोजतलास गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकी रतुकीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस