सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका विभिन्न स्थानबाट अवैध भन्सार छलिका दुई लाखभन्दा बढीका सामान बरामद

file photo
file photo
२०८३ जेठ ३, ११:४८ खबर संवाददाता

कैलाली: कैलाली जिल्लाका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका दुई लाख रुपैयाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले धनगढी उपमहानगरपालिका–२ त्रिनगर, वडा नं. १९ नर्सरीघाट तथा भजनी नगरपालिका–५ पगियापसार घाट क्षेत्रबाट शनिबार बेवारिसे अवस्थामा सामान फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामानमा सुटपिस, अचार, कपी, सुर्ती, बिडी, गुट्खा, चकलेट तथा बोइलर कुखुरा लगायत रहेका छन्। प्रहरीले बरामद सामानको अनुमानित मूल्य २ लाख ८ हजार ४१० रुपैयाँ रहेको जनाएको छ।

बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस