सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा ३६ वर्षीया महिला बलात्कृत, २६ वर्षीय युवक पक्राउ

२०८३ कार्तिक १९, ०४:४५ खबर संवाददाता

बझाङः बझाङमा ३६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा मष्टा गाउँपालिका–१ घचाया निवासी २६ वर्षीय बसन्त ओखेडा रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार ओखेडाले महिलामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस