गोदावरीमा ओलानी यातायात प्रा.लिको कार्यालय उद्घाटन
कैलाली: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ मा ओलानी यातायात प्रा.लिको कार्यालय उद्घाटन गरिएको छ।
नगरपालिकाको वडा नम्बर १०, ११ र १२ बाट अत्तरिया सम्म सञ्चालन हुँदै आएका अटो चालकहरू संगठित भएर ओलानी यातायात प्रा।लि।मा आबद्ध भई कार्यालय सञ्चालनमा ल्याएका हुन्।
कार्यालयको उद्घाटन गोदावरी नगरपालिकाकी उपप्रमुख सारदा रोकाया ले गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख रोकायाले ओलानीबाट सञ्चालित अटोहरूले यात्रुहरूलाई सहज सेवा दिनुका साथै रातिको समयमा बिरामी ओसारपसार गरी एम्बुलेन्सको कामसमेत गरिरहेको भन्दै प्रशंसा गरे। उनले नगरपालिकाले पनि आफ्नो क्षमता अनुसार ओलानी यातायात प्रा।लि।लाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी कार्यक्रममा बोल्दै भिम बहादुर खड्का ले अटो व्यवसायीहरूले व्यवसायसँगै सामाजिक सेवा पनि प्रदान गरिरहेको बताउनुभयो। उहाँले ओलानी क्षेत्रमा सडकको समस्या रहेकाले अटो व्यवसायीहरूलाई भारत जानुपर्ने बाध्यता रहेको उल्लेख गरे।
कार्यक्रममा ओलानी यातायात प्रा।लिका अध्यक्ष राजकुमार बिक ले अब सबै अटो चालकहरू संगठित भएको बताउँदै समितिले निर्धारण गरेको भाडादर लागू गर्न सबै अटो चालकलाई आग्रह गरे।
कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम सिह बडैला, वडा नम्बर १० का वडा अध्यक्ष रविन्द्र शाही, पुर्व गाँविस अध्यक्ष भान सिंह बिक, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गंगाराम बिक, अस्थायी प्रहरी चौकी ओलानीका प्रहरी सहायक निरीक्षक केशव साँउद लगायतको उपस्थीती रहेको थियो ।