कैलालीबाट भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीः प्रहरीले कैलालीबाट भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।
कैलालीको बिभिन्न स्थान धनगढी–२ भन्सार कार्यालय नजिक, धनगढी–८ कान्तिपुर टोल र कैलारी गाउँपालिका–५ छोटि पलियाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ७२ हजार एक सय बराबरको सामान नियन्त्रणमा लिएको हो।
भन्सार छलीको चिनी, बिडी, बिभिन्न किसिमका कपडा, मसला, प्लाष्टिक थाली, मोजा, कट्टु लगायतका सामान आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।