कैलालीको लम्कीचुहाबाट हराएका एक बालकसहित तीन जना सकुशल फेला
धनगढीः कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ गप्काबाट बेपत्ता भएका एक बालकसहित तीन जना घरबाट करिब २ किलोमिटर टाढा फेला परेका छन्। स्थानीय बासिन्दा र प्रहरीको संयुक्त खोजीका क्रममा उनीहरूलाई सुरक्षित अवस्थामा फेला पारिएको हो।
सोमबार बिहान ११ बजेदेखि बेपत्ता भएका गप्काका १२ वर्षीय बालक राजेन्द्र साउँद, १८ वर्षीय विनोद साउँद र धनगढी घर बताउने १९ वर्षीय कृष्ण मल्ललाई स्थानीय र प्रहरीले खोजी गर्दै आएका थिए। खोजीका क्रममा उनीहरू फेला परेका राजेन्द्रकी मामलीतर्फकी बज्यै धनसरादेवी साउँदले जानकारी दिएकी छन्।