कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ८ जना पक्राउ
धनगढीः कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ८ जना पक्राउ परेका छन्।
कैलाली धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय अंकित धामीसमेत ६ जनालाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।
यसैगरी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलबाट अवैध खैरो हेरोइन ४ ग्राम ६ सय ८० मिलिग्रामसहित भीमदत्त नगरपालिका–४ भगतपुर बस्ने २७ वर्षीय विद्यान बिष्टसमेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।