सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री शाह र भारतका विदेश सचिव मिश्रीबीच भेट हुँदै

२०८३ कार्तिक १९, १२:१५ रासस

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्दै छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १२ बजे हुने भेटमा उनिहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको दुई दिने औपचारिक भ्रमणमा रहनुभएका उनि बुधबार यहाँ आइपुगे । विदेश सचिव मिश्रीले बुधबार नै परराष्ट्र सचिव अमृतबहादुर राइसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरे।

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले बुधबार नै अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरे ।

विदेश सचिव मिश्री भ्रमण सम्पन्न गरी आजै काठमाडौंँबाट नयाँदिल्ली प्रस्थान गर्नेछन् ।
 

कमेन्ट लोड गर्नुस