सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवजीवन सहकारीको मतगणना जारी, अध्यक्षमा गोपाल पाठकको अग्रता कायम

२०८३ जेठ १०, ०४:३८ खबर संवाददाता

धनगढीः नवजीवन सहकारी संस्थाको सञ्चालक समिति चयनका लागि भएको मतदानको आठ हजार ५५० मत गणना हुँदा अध्यक्षका उम्मेदवार गोपाल पाठकले मतान्तर बढाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार अध्यक्ष पदका उम्मेदवार गोपाल पाठकले दुई हजार ६१४ मत पाउँदा अर्का प्रतिस्पर्धी केशवराज मिश्रले ५४२ मत पाएका छन् । पाठक र मिश्रले पाठएको मतान्तर ७२ मत पुगेको छ । अध्यक्ष पदकै उम्मेदवार घनबहादुर शाहले दुई हजार ३४ मत प्राप्त गरेका छन् । मत गणना बढ्दै जाँचा परिणाम पनि रोचक बन्दै गएको छ । 

उपाध्यक्ष पदका उम्मेदवार उत्तम जोशीले दुई हजार ४१०, ईश्वर प्रसाद जोशीले दुई २२४ र उपेन्द्र विष्टले एक हजार ६५१ मत पाएका छन् भने लेखा सुपरीवेक्षक समितिका संयोजक पदका उम्मेदवार गणेशी जोशीले दुई ९४० र चेतराज जोशीले दुई हजार ८३२ मत पाएका छन् ।

यसैगरी, सदस्य पदतर्फको निर्वाचनको नौ हजार २०४ मत गणना गरिएको छ । सदस्य पदमा सबै भन्दा बढि केशवराज जोशीले तीन हजार १२६ मत पाएका छन् । सदस्य पदमै कोपिला कुँवरले दुई ४५१, खेमराज पाण्डेयले एक हजार ९७१, गणेश बमले एक हजार ९६३, जयराज जोशीले एक हजार ९३० मत मत पाएका छन् ।

सहकारीका कुल ४० हजार ५९३ जना शेयर सदस्यहरु मध्ये शनिबार भएको मतदानमा १५ हजार ५० मत जनाले मत हालेका थिए । 

कमेन्ट लोड गर्नुस