सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ‘आपेन’ को पहिलो भेला सम्पन्न, 'आपेन फेस्टिवल' आयोजना गरिने

२०८३ जेठ १०, ०९:१६ खबर संवाददाता

धनगढीः धनगढी मा साना विद्यालय, मन्टेश्वरी तथा प्रि–स्कुलहरूको साझा संगठन ‘आपेन सुदूरपश्चिम’ को पहिलो भेला सम्पन्न भएको छ।

धनगढीस्थित लौरो फुड बैंकमा आयोजित भेलाले साना विद्यालयहरूको हकहित, अधिकार र पहिचानका विषयमा छलफल गर्दै संगठन विस्तार अभियानलाई अगाडि बढाउने निर्णय गरेको आयोजकहरूले बताएका छन्।

भेलामा सहभागी शिक्षक–शिक्षिका तथा विद्यालय सञ्चालकहरूले साना विद्यालयका समस्या, चुनौती र योगदानलाई सम्बन्धित निकायले पर्याप्त महत्व नदिएको गुनासो गरेका थिए। उनीहरूले साना विद्यालयहरू अब एकजुट भएर बलियो संगठन निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

कार्यक्रममा 'आपेन फेस्टिवल' नामक विशेष कार्यक्रम आयोजना गर्ने तयारीसमेत सुरु गरिएको जानकारी दिइएको छ। उक्त कार्यक्रममार्फत सुदूरपश्चिमभरिका प्रि–स्कुल तथा मन्टेश्वरी विद्यालयलाई एउटै मंचमा जोड्ने लक्ष्य राखिएको आयोजकहरूले बताएका छन्।

आगामी दिनमा जिल्लास्तरदेखि प्रदेशस्तरसम्म संगठन विस्तार गर्दै साना विद्यालयहरूको आवाज अझ सशक्त बनाइने जनाइएको छ। साथै सम्पूर्ण साना विद्यालय, मन्टेश्वरी तथा प्रि–स्कुलमा कार्यरत शिक्षक–शिक्षिकालाई संगठनमा आबद्ध हुन आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस