सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका सन्तोष विष्ट धनगढीबाट सम्पर्कविहीन

२०८३ जेठ १०, ०९:२५ खबर संवाददाता

धनगढीः डोटीको आदर्श गाउँपालिका–७ डडिमानाका एक युवक धनगढीबाट सम्पर्कविहीन भएका छन्।

आदर्श गाउँपालिका–७ डडिमाना घर भएका पदम विष्टका छोरा सन्तोष विष्ट अध्ययनका सिलसिलामा धनगढीमा बस्दै आएका थिए। परिवारका अनुसार उनी जेठ ९ गते धनगढीबाट अत्तरियास्थित फुपूको घर गएका थिए।

फुपूको घर पुगेपछि जेठ १० गते फर्किने क्रममा अत्तरियाबाट अटोमा चढेर धनगढी चौराहासम्म पुगेका थिए। अटो चालकले धनगढी चौराहामा झारेपछि भने उनी सम्पर्कविहीन भएको परिवारले जनाएको छ।

सन्तोषको खोजी कार्य जारी रहेकाले उनलाई कसैले देखेमा वा कुनै जानकारी पाएमा तत्काल परिवारलाई खबर गरिदिन अनुरोध गरिएको छ। साथै उक्त सूचना बढीभन्दा बढी शेयर गरिदिन समेत परिवारले आग्रह गरेको छ।

सम्पर्क नम्बरः ९७६६१०२०६४

 

कमेन्ट लोड गर्नुस