सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकाबाट अवैध सामानसहित नेपाली महिला पक्राउ

२०८३ जेठ १५, ०३:०६ खबर संवाददाता

धनगढीः नेपाल-भारत सीमामा अवैध तस्करी नियन्त्रणका लागि सञ्चालन भइरहेको कवच योजना अन्तर्गत भारतीय प्रहरीले नेपाली महिलालाई अवैध सामानसहित पक्राउ गरेको छ।

गौरीफन्टा प्रहरीद्वारा शुक्रवार दिउँसो चेकिङका क्रममा बनगाउँ बजारबाट करिब पाँच सय मिटर अगाडि पुल नजिकैबाट ईश्वरी कुमारी भट्ट पक्राउ परेकी हुन्। उनी डोटीको जोरायल गाउँपालिका–६ की बासिन्दा रहेको जनाइएको छ। 

प्रहरीका अनुसार भट्टले प्लास्टिकको बोरा, कालो पन्नी र पिठ्ठु झोलाभित्र २९ थान लेडीज सुट, ४ थान साडी, २०–२० प्याकेट बदाम र काजु, १० प्याकेट खजूर तथा १० लडी सिस्टेम सुर्ती अवैध रूपमा नेपालतर्फ ल्याउँदै थिइन्। बरामद सामानको अनुमानित मूल्य करिब २९ हजार भारतीय रुपैयाँ रहेको भारतीय प्रहरीले उल्लेख गरेको छ।

बरामद गरिएका सम्पूर्ण सामग्री नियमानुसार जफत गरी भन्सार कार्यालय गौरीफन्टालाई बुझाइएको भारतीय प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस