सुदूर नेपाललाई विश्वसँग जोड्दै

२ करोडसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशत प्रोत्साहन अनुदान

२०८३ जेठ १५, ०५:३७ खबर संवाददाता

काठमाडौँः सरकारले कृषि तथा पशुजन्य उत्पादनमा न्यूनतम २ करोड रुपैयाँसम्म प्रारम्भिक पुँजी लगानी गर्ने किसानलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान उपलब्ध गराउने घोषणा गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था सार्वजनिक गरेका हुन्।

उनका अनुसार यो कार्यक्रम पाइलट परियोजनाका रूपमा सञ्चालन गरिनेछ। उत्पादन सुरु भएको मितिबाट लगातार चार वर्षसम्म १०–१० प्रतिशतका दरले शोधभर्ना प्रदान गरिने व्यवस्था गरिएको छ।

अर्थमन्त्री वाग्लेले कृषि अनुदानको दुरुपयोग रोक्न कडा मापदण्ड र निगरानी प्रणाली लागू गरिने पनि स्पष्ट पारे।

कमेन्ट लोड गर्नुस