सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहित ४ विधा सुरु हुने

२०८३ जेठ १५, ०६:१२ खबर संवाददाता

धनगढीः सरकारले कैलालीको गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहित चार विधाका शैक्षिक कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै शैक्षिक सत्र २०८३/८४ बाटै उक्त विश्वविद्यालयमा चार विधाका कार्यक्रम सञ्चालन हुने जानकारी दिएका हुन्।

सरकारले स्वास्थ्य शिक्षा विस्तार र प्रदेशस्तरीय चिकित्सा जनशक्ति उत्पादनलाई लक्ष्य राख्दै एमबीबीएससहितका कार्यक्रम सुरु गर्ने जनाएको छ।

कमेन्ट लोड गर्नुस