सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोरी मुद्दामा फरार धनगढीका सलमान खान पक्राउ

२०८३ कार्तिक १७, ०७:३९ खबर संवाददाता

धनगढीः चोरी मुद्दामा फरार धनगढीका सलमान खान पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएको कैलालीको धनगढी उपमहानगरपालिका–१३ बस्ने २० वर्षीय सलमान खान पक्राउ परेका हुन्। खानलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस