सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

२०८३ जेठ १६, ०६:५२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको दोधारा चादँनीमा महाकाली नदीमा डुबेर आज एक जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रहरी निरीक्षक कृष्ण सोनीका अनुसार महाकाली नदीमा माछा पार्ने क्रममा दोधारा चादँनी नगरपालिका–१० का ६३ वर्षीय टोपबहादुर थापामगरको मृत्यु भएको हो। “घटनास्थल पुगेर थप जानकारी लिएका छौँ,” प्रहरी निरीक्षक सोनीले भने, “सबै प्रक्रियापछि शव आफन्तको जिम्मा लगाइनेछ ।”

कमेन्ट लोड गर्नुस