सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसद्‍मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै

२०८३ जेठ १८, ०९:१० खबर संवाददाता

काठमाडौँ; सङ्घीय संसद्को प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको छ। 

संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार आज सोमबार दिनको १ः०० बजे बस्ने सोह्रौँ बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ।

कमेन्ट लोड गर्नुस