सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ६ जना पक्राउ

२०८३ जेठ १९, ०७:१० खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ मोहनपुरबाट ३६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा जिल्ला बैतडीको पाटन नगरपालिका–८ बस्ने ३३ वर्षीय ईन्द्रबहादुर बिष्ट र कञ्चनपुरको लालझाडी गाउँपालिका–११ बस्ने २५ वर्षीय शुसिल थापा मगर रहेका छ्। प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

यसैगरी, धनगढी उपमहानगरपालिका–३ बाट नियन्त्रित लागूऔषध स्पास (ट्रामाडोल) २९ ट्याबलेटसहित सोही ठाउँ बस्ने २३ वर्षीय रितेश थापालाई सोमबार दिउँसो अस्थायी प्रहरी पोष्ट बिशालनगर, कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

यसैगरी भजनी नगरपालिका–६ बिसनपुरबाट ६ ग्राम २९० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका–७ बस्ने २३ वर्षीय राजबिन महतो र १८ वर्षीय किशोर रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।

उता कञ्चनपुरको बेलौरी नगरपालिका–१० बनपुरुवाबाट २ ग्राम १२० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बेलडाँडी गाउँपालिका–२ चौवन्नी खल्ला बस्ने २३ वर्षीय लोकेन्द्र राना, २४ वर्षीय सुरेन्द्र राना र १८ वर्षीय किशोर रहेका छन्। 

इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरीले डी.एल. ३ एस.एफ.भी. २३२४ नम्बरको भारतिय मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि तिनै जनालाई उक्त पदार्थ, मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस