सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ६ पालिकामा ‘मुख्यमन्त्री लघु उद्यम कार्यक्रम’ सञ्चालन हुने

२०८३ जेठ १९, ०४:०७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका ६ ओटा स्थानीय तहमा मुख्यमन्त्री लघु उद्यम कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा बैतडीका दुईसहित उच्च गरिबी दर भएका ६ ओटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । 

बैतडीको सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका, अछामको ढकारी गाउँपालिका र कमलबजार नगरपालिका, डोटीको शिखर नगरपालिका र बाजुराको त्रिवेणी नगरपालिकामा कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

कार्यक्रममार्फत रोजगारी सिर्जना गरि बढ्दो जनशक्ति पलायनलाई रोक्ने लक्ष्य लिइएको प्रदेश सरकारले जनाएको छ । शिक्षा, स्वास्थ्य र पोषण कार्यक्रमसँग आवद्ध गरि उच्च गरिबी दर भएका पालिकाहरुमा सघन रुपमा कार्यक्रम सञ्चालन गरि नागरिकको जीवनस्तरमा सुधार ल्याइने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 
 

कमेन्ट लोड गर्नुस