सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट १६ वर्षीय बालक बेपत्ता, खोजी गरिदिन परिवारको अपिल

२०८३ कार्तिक १४, १२:०७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘ए’ गाउँका १६ वर्षीय नरेश ढाँट बेपत्ता भएका छन्।

शुक्रबार मध्याह्नदेखि परिवारको सम्पर्कमा नआएपछि उनको खोजी गरिदिन परिवारले सबैसँग आग्रह गरेको छ।
सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत नरेश शुक्रबार मध्याह्नदेखि सम्पर्कविहीन भएको उनकी आमा जमुनादेवी ढाँटले बताइन्। आफन्त र स्थानीयस्तरमा खोजी गर्दा पनि छोराको अवस्था पत्ता लाग्न नसकेको उनले बताइन्।

अटिजम भएका नरेशलाई आफ्नो अवस्था र आवश्यकता व्यक्त गर्न कठिनाइ हुने भएकाले परिवार थप चिन्तित बनेको छ। उनको खोजीमा सहयोग गरिदिन परिवारले सबैमा अपिल गरेको छ।
नरेशको खोजी जिल्ला प्रहरी कार्यालय कैलालीले पनि गरिरहेको जनाइएको छ।
नरेशलाई कतै देखेमा वा फेला पारेमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले अनुरोध गरेको छ।

कमेन्ट लोड गर्नुस