सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी ज्यान मुद्दाका आरोपित धनगढीका राम मल्ल १७ वर्षपछि पक्राउ

२०८३ जेठ २०, ११:१७ खबर संवाददाता

धनगढी: कैलाली प्रहरीले सवारी मुद्दाका आरोपित एक जनालाई १७ वर्षपछि पक्राउ गरेको छ।

प्रहरीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादी राम बहादुर मल्ललाई मङ्गलवार धनगढीबाट पक्राउ गरेको हो।

कैलालीको धनगढी-३  चटकपुर घर भएका ४७ वर्षीय मल्ल आफ्नै घरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

मल्ल २०६५ फागुन २३ गतेदेखि फरार थिए। उनीलाई १७ वर्ष ९ महिना ६ दिनपछि अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिई गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस