सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकाे नवजीवन अस्पताल र मृतक युवतीका परिवारबीच सहमति

२०८३ जेठ २०, ०५:३३ खबर संवाददाता

धनगढी: कैलालीको धनगढी–४ स्थित नवजीवन अस्पतालमा उपचारका क्रममा सनम बिकको मृत्यु भएपछि उत्पन्न विवाद सहमतिमा टुंगिएको छ।

टनसिलको शल्यक्रियापछि पुनः रक्तस्राव देखिएपछि अस्पतालमा भर्ना गरिएकी उनको उपचारकै क्रममा मृत्यु भएको थियो। घटनापछि आफन्तले स्वास्थ्यकर्मीको लापरवाही भएको आरोप लगाउँदै अस्पताल प्रशासनसँग असन्तुष्टि जनाएका थिए।

यस विषयमा दुवै पक्षबीच पटक–पटक भएको छलफलपछि अस्पतालले क्षतिपूर्ति दिने सहमति जुटेको हो। 

कमेन्ट लोड गर्नुस