सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपन्न वपद्यार्थीलाइ झाेला वितरण

२०८३ असार ९, ०२:५१ खबर संवाददाता

बैतडीः मेलाैली नगरपालिका-९ काे शिव आधारभूत विद्यालयका एक सय आठ जना विद्यार्थीहरुलाइ झोला बितरण गरिएको छ।

कृषि विकास बैंक लिमिटेड बैतडीले कपडा बैंक बैतडीमार्फत उक्त झाेलाहरु वितरण गरेकाे हाे। बैंककाे सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाइ झाेला सहयाेग गरिएकाे बैतडी शाखाका प्रवन्धक माेहित खड्काले बताए।

दुर्गमकाे विद्यायलमा विपन्न विद्यार्थीहरुलाइ झाेला वितरण गर्दा सानै भए पनि पराेपकारी काम भएकाे मेलाैली-९ का अध्यक्ष तपेन्द्र बिष्टले बताए।

जिल्ला सदरमुकामबाट करीब ७० किलाेमिटर दक्षिणमा रहेकाे उक्त विद्यालयमा सहयाेग गर्न कृषि विकास बैंकका प्रदेश वरिष्ठ अधिकृत नारद बोकटी, बैतडी शाखाका प्रबन्धक मोहित खड्का, पाटन शाखाका प्रबन्धक ओमराज उपाध्याय र कपडा बैंक बैतडीका सञ्चालक महेशदत्त भट्टलगायत मेलाैली पुगेका थिए।

कमेन्ट लोड गर्नुस