सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनमा युवा व्यवसायी बिक्कल जेठाराद्वारा दृष्टि फाउन्डेसनलाई सहयोग

२०८३ असार ११, ०७:४३ खबर संवाददाता

धनगढीः धनगढीका युवा व्यवसायी बिक्कल जेठाराले आफ्नो २८औँ जन्मदिनको अवसरमा सामाजिक सेवामा योगदान पुर्‍याएका छन्। शहीद गेट हाटबजारमा तरकारी तथा फलफूल व्यवसाय सञ्चालन गर्दै आएका जेठाराले दृष्टि फाउन्डेसन नेपाल, धनगढीमा आश्रित व्यक्तिहरूलाई खाना खुवाउनुका साथै आवश्यक सहयोग सामग्री हस्तान्तरण गरेका हुन्।

जन्मदिनलाई भड्किलो रूपमा मनाउनु भन्दा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले फाउन्डेसनमा पुगेर सहयोग गरेको उनले बताए। जेठाराको यस कार्यले जन्मदिनलाई समाजसेवासँग जोड्ने सकारात्मक सन्देश दिएको स्थानीयले बताएका छन्।

दृष्टि फाउन्डेसनमा रहेका व्यक्तिहरूले पनि सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यले आश्रितहरूको मनोबल बढ्ने बताएका छन्।

कमेन्ट लोड गर्नुस