सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सोमवारदेखि तीन दिन मध्यम वर्षा हुने

फाइल फोटो
फाइल फोटो
२०८३ असार १४, ०८:११ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशको तराई र पहाडी क्षेत्रमा सोमवारदेखि तीन दिनसम्म मध्यम वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा सोमवार बिहानदेखि बुधवारसम्म मध्यम वर्षा हुने जनाएको छ।

मौसमविद् सरोज पुडासैनीका अनुसार सोमवारदेखि सुदूरपश्चिममा मनसुनी वर्षा हुने भएको हो। उनका अनुसार हाल मनुसन लुम्विनी प्रदेशमो बर्दघाट क्षेत्रसम्म पुगेको र आगामी तीन दिनभित्र सुदूरपश्चिम प्रदेशमा प्रवेश गर्ने बताए।

'हाल मनसुन लुम्बिनी प्रदेशको पूर्वी भूभाग, बर्दघाट आसपासमा पुगेको छ। अबको तीन दिनभित्र मनुसन सुदूरपश्चिम प्रदेशमा पुग्ने सम्भावना देखिएको छ', उनले भने, 'सोमवार बिहानैदेखि सुदूरपश्चिममा तीन तीनसम्म मध्यम खालको वर्षा हुने मौसमी प्रणाली विकसित हुने भएको छ।'

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा धेरै दिनदेखि पानी नपर्दा यहाँको तापक्रम ४० डिग्री आसपास पुगेको बताइएको छ। गर्मीका कारण जनजीवन प्रभावित भएको छ भने पानी नपर्दा रोपाइँसमेत प्रभावित भएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस