अत्तरिया बसपार्कबाट एक व्यक्ति सम्पर्कविहीन, जानकारी दिन परिवारको आग्रह
धनगढी: अछाम जिल्ला चौरपाटी गाउँपालिका–७ का स्थायी बासिन्दा देउ सिंह बोगटी असार २३ गते राति अत्तरियाबाट सम्पर्कविहीन भएका छन्।
परिवारका अनुसार बोगटी असार २३ गते राति करिब ८:०० देखि ९:०० बजेको बीचमा कैलालीको गोदावरी नगरपालिका–अत्तरिया बसपार्क नजिकबाट हराएको र त्यसयता उनीसँग कुनै सम्पर्क हुन नसकेको जनाएको छ।
परिवारले उनको खोजी कार्य जारी रहेको जनाउँदै कसैले देखेको, भेटेको वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारका सदस्यलाई मोवाइल नम्बर ९८४८६७९६४८ र ९८६०६४४१६२ जानकारी गराइदिन आग्रह गरेको छ।