कैलालीमा भरुवा बन्दुक बरामद
२०८३ असार २५, ०७:२२
धनगढीः कैलालीमा भरुवा बन्दुक बरामद गरिएको छ।
जिल्लाको कैलारी गाउापालिका–५ पवेरा सामुदायिक वन भित्र लुकाई छिपाईराखेको बेबा रिसे अवस्थामा एक नाले भरुवा बन्दुक १ थान वुधबार बेलुकी प्रहरीले बरामद गरेको हो। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस