सुनचाँदीको मूल्य क्रमशः घट्दै
२०८३ असोज २७, ११:१८
काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य २ हजार २०० र चाँदीको मूल्य ६० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० र चाँदीको मूल्य ४ हजार ३५५ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला र्२ लाख ९४ हजार ४०० र चाँदी प्रतितोलाको मूल्य ४ हजार ४१५ कायम भएको थियो ।
कमेन्ट लोड गर्नुस