सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य बढ्यो

२०८३ असार २६, १२:०३ रासस

काठमाडौँ:  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी रु १७० ले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५१० कायम भएको छ।

हिजो छापावाल सुुन प्रतितोला रु दुई लाख ८४ हजार ७०० र त्यति नै परिमाणको चाँदी  रु चार हजार ३४० मा कारोबार भएको थियो।

गत बुधबार एक तोला छापावाल सुुनरु दुई लाख ८७ हजार १०० र चाँदी रु चार हजार ५०० मा खरिदबिक्री भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १२० र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस