सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका दुई स्थानमा जुवा खेल्दै गरेका २१ जना पक्राउ

२०८३ असार २६, ०३:२१ खबर संवाददाता

धनगढीः कैलालीका दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–५ तारानगरमा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित ७ जना पक्राउ परेका हुन्। उनीहरूको साथबाट २५ हजार ४५० रुपैयाँ नगद र ३ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै, लम्कीचुहा नगरपालिका–१ मोतिपुर बजारस्थित एक नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ५० हजार १६० रुपैयाँ नगद र ९ गड्डी तास बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै घटनामा पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

कमेन्ट लोड गर्नुस