सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा अपेन अभियान सफल, २० विद्यालय आबद्ध

२०८३ असार २८, ०३:१३ खबर संवाददाता

बाजुराः नेपाल पूर्वप्राथमिक शिक्षा अभियान संघ (अपेन) सुदूरपश्चिम प्रदेशले सञ्चालन गरेको सदस्यता विस्तार महाअभियानअन्तर्गत बाजुरा जिल्लाका २० वटा विद्यालय संघमा आबद्ध भएका छन्।

प्रदेश अध्यक्ष मोहनराज ओझाको नेतृत्वमा सञ्चालन भइरहेको सदस्यता विस्तार अभियानअन्तर्गत हेमन्तराज पाण्डेयलाई बाजुरा जिल्ला संयोजकको जिम्मेवारी दिइएको थियो। उनकै समन्वयमा जिल्लाका २० विद्यालय संघमा आबद्ध भएको जनाइएको छ।

संघले प्रारम्भिक बाल शिक्षाको गुणस्तर सुधार, शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि, पूर्वप्राथमिक शिक्षाको प्रवर्द्धन तथा विद्यालयहरूबीच सहकार्य र अनुभव आदानप्रदानलाई अभियानको मुख्य उद्देश्य बनाएको जनाएको छ।

प्रदेश समितिका अनुसार सुदूरपश्चिम प्रदेशभर सदस्यता विस्तार अभियानलाई निरन्तरता दिइनेछ। साथै, अन्य जिल्लामा पनि संघको संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाइने जनाएको छ।

कमेन्ट लोड गर्नुस